६ बैशाख २०८१, बिहिबार

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा विजयी


श्यामराज ओझा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा विजयी भएका छन् । आज आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत मात्र प्राप्त गरेका छन् । नेविसंघका ओझा ३३१ मतान्तरले विजयी भएका हुन् । त्रिवि केन्द्रीय क्याम्पस कुल १३ वटा विद्युतीय मेशिनको प्रयोग गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !