७ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीको निर्णय : प्रधानमन्त्रीलाई विश्वासको मत दिने


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने हो ।

यसैगरी एकीकृत समाजवादीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा सत्तापक्षीय बेञ्चमा बस्ने पनि निर्णय गरेको छ । यद्यपि एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय नगरेपनि छलफल भने सुरु गरेको छ ।

हिजो बसेको १० दलीय गठबन्धनको बैठकले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट पुन: विश्वासको मत लिने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !