७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा सांसदहरुलाई भेटघाटको लागि शीतलनिवासमा निम्तो


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरुलाई भेटघाटको लागि भन्दै शीतलनिवासमा निम्तो दिएका छन् । राष्ट्रपति पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई भेटघाटका भोलि शनिबार लागि बोलाएका छन् ।

पौडेलले आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्न सांसदहरुलाई भेटघाटको लागि शीतलनिवासमा निम्तो दिएको हुनसक्ने आंकलन गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि काठमाडौँ आएका सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा रहेका छन् । आज शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !