६ बैशाख २०८१, बिहिबार

उपराष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै


१० दलीय गठबन्धनको बैठक बालुवाटार फाइल फोटो

काठमाडौँ । १० दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि १० दलीय गठबन्धनको बैठक बस्न लागेको हो ।

हिजो साँझ बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएपछि उपराष्ट्रपति पदको लागि साझा उम्मेदवारमा सहमति जुटाउन आज पनि बैठक बस्न लागेको हो ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू आज पनि छलफलमा जुट्न लागेका हुन् ।

गठबन्धनको बैठकमा शीर्ष नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेतापनि जनमत पार्टीले आफ्नो अडान नछोडेकोले सहमति हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !