१३ बैशाख २०८१, बिहिबार

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक


१० दलीय गठबन्धनको बैठक बालुवाटार

काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको हो ।

१० दलीय सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको जारी बैठकमा उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तार एवं प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भइरहेको बताइएको छ ।

राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै दुई जना उम्मेदवार छन् । बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा जसपा र जनमत पार्टीको छुट्टाछुट्टै उम्मेदवार रहेकोले एउटै उम्मेदवार कायम गर्ने विषयमा सहमति जुटाइन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दिएपनि प्रमिला एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएकी छन् ।

यस्तै जनमत पार्टीबाट ममता झाको उम्मेदवारी रहेको छ । झालाई सत्ता गठबन्धनकै लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !