६ बैशाख २०८१, बिहिबार

शीतल निवासद्वारा राष्ट्रपति पौडेलको फोटो परिवर्तन


राष्ट्रपति पौडेलको फोटो परिवर्तन

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो परिवर्तन गरेको छ । राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटमा राष्ट्रपति पौडेलको फोटो फेरिएको हो ।

यसअघि राष्ट्रपति पौडेलको दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी फोटो सम्पादन गरेर राष्ट्रपति कार्यालयको वेबसाइटमा फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना हुनुको साथै हाँसीमजाकको विषय समेत बनाइएको थियो ।

यसअघि राष्ट्रपति पौडेलले सपथ लिएपछि वास्तविक पहिचान नै मेटिने गरी फोटोसप गरेर तस्वीर टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले हटाएर नयाँ फोटो अपलोड गरेको हो ।

यसअघि पौडेलको दुवै गालामा रहेका कोठी हटाउनुको साथै अनुहारमा देखिने चाउरी पनि हटाएर अनुहार चिल्लो पारेर वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो । दुवै गालामा रहेको कोठी देखिने गरी राष्ट्रपतिको कार्यालयले पौडेलको फोटो आज बुधबार अपलोड गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !