७ बैशाख २०८१, शुक्रबार

माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीविहरूसँग आज छलफल गर्दै


माओवादी धारका नेताहरू

काठमाडौँ । माओवादी धारका नेताहरूले नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग आज छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज नागरिक अगुवा र नागरिक बुद्धिजीवीहरूसँग छलफल गर्न लागेका हुन् ।

माओवादी घटकहरुले आज द्वन्द्वकालीन घटनाको विषयमा शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग संयुक्त अन्तर्क्रिया गर्न लागेका हुन् । गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा नागरिक बुद्धिजीवीहरूसँग छलफल, अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन सम्पन्न गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तर्क्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको तयारी रहेको छ ।

माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको एकसाथ प्रतिवाद गर्ने निर्णय गरिसकेका छन् । माओवादी धारका ८ पार्टीले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा एकठाउँ उभिन एकमत भएका छन् ।

ती दलको बैठकले एक आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्ने बारेमा ८ वटै पार्टी एक ठाउँ उभिएका हुन् ।

यो पनि पढ्नुहोस्

शान्ति सम्झौताका विरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीको निर्णय

फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने माओवादी घटकको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !