७ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ र अन्तिम नामावली प्रकाशन हुँदै


निर्वाचन आयोग

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत आज उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ र अन्तिम नामावली प्रकाशन हुँदै छ ।

निर्वाचन आयोगले आज उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ र अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परिसकेको छ । उपराष्ट्रपति पदको लागि सत्तारुढ गठबन्धनका दलहरूकै गठबन्धनबाट दुई जना महिला र एक जना पुरुष गरी तीन जना र एमालेको तर्फबाट एक जना महिला गरी चार जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै सत्ता गठबन्धनबाट जनमत पार्टीबाट ममता झा र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार परेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !