१२ बैशाख २०८१, बुधबार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई


प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाइ ज्ञापन गर्दछु । राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु ।’

आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !