११ बैशाख २०८१, मंगलबार

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा आजै दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषदको बैठक फाइल फोटो

काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता गर्ने भएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो । केही दिनअघि मात्र सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट निवेदन दर्ता गर्ने आदेश जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न आदेश गरेको थियो ।

माओवादी घटकका ८ दलले गत मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !