८ बैशाख २०८१, शनिबार

रवि लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ आज मंगलबार सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै गत माघ १३ गते लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । सर्वोच्चले लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला गरेको थियो ।

लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको थियो । यस्तै सर्वोच्चले लामिछाने सांसद र मन्त्री बन्न अयोग्य ठहर गरेसंगै लामिछाने उपप्रधान एवं गृहमन्त्रीबाट पदमुक्त भएका थिए । यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका थिए ।

लामिछानेको नागरिकताका विषयमा लामिछानेलाई विपक्षी बनाउँदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए । अदालतको फैसलापछि लामिछानेले माघ १५ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन: प्राप्त गरेका थिए ।

यस्तो छ रवि लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !