४ बैशाख २०८१, मंगलबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने ९ दलको निर्णय


आठ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । ९ दलीय गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार साँझ बसेको ९ दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्न प्रतिबद्धता जनाएका हुन् ।

९ दलीय गठबन्धनको आज बसेको बैठकले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सम्झौता र संविधानको मर्मअनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा जोड दिएको हो । पीडित परिवारलाई ध्यान दिए र कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने बैठकको निर्णय गरेको हो ।

९ दलीय गठबन्धनको बैठकले द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

संक्रमणकालिन न्यायका विषयमा उठेको बहसले पनि गठबन्धनको ध्यानाकर्षण भएको ९ दलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोग गठन गरिने गठबन्धन दलले निर्णय गरेका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछिको परिस्थितिमा ९ दलले बैठक बसेर संयुक्त विज्ञप्ति जारी गरिएको हो ।

यस्तो छ ९ दलीय गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्ति

९ दलीय गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्ति

यो पनि पढ्नुहोस्

द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न मिल्दैन : सर्वोच्च अदालत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !