१३ बैशाख २०८१, बिहिबार

कोशी प्रदेशमा आज सार्वजनिक विदा


प्रदेश १ मुख्यमन्त्री कार्यालय

विराटनगर । कोशी प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेशको नाम कोशीको रुपमा नामकरण भएको खुसियालीमा आज बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

हिजो बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो । ९३ सदस्यीय प्रदेशसभामा कोशी प्रदेशको पक्षमा ८२ सांसदले मतदान गरे । चार जना सांसदले विपक्षमा मतदान गर्दा ६ जना सांसद अनुपस्थित रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !