७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच शीतल निवासमा भेटवार्ता


विद्यादेवी भण्डारी र देवराज घिमिरे

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका थिए । आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दैछन् । आईपीयु बैठक फागुन २७ गतेदेखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !