७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा. डा. युवराज शर्मा नियुक्त


प्रा. डा. युवराज शर्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी चिकित्सकमा प्रा. डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो ।

डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेका हुन् । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !