७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।

आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका छन् ।

एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका अन्य दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिनेसक्ने निर्वाचन आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !