१३ बैशाख २०८१, बिहिबार

राप्रपा राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावक र समर्थक नबस्ने


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा कसैको पक्षमा पनि प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।

राष्ट्रपति पदको आसन्न निर्वाचनका भोट हाल्ने वा नहाल्ने विषयमा अर्को बैठक बसेर निर्णय गर्ने पनि भएको छ । राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !