१३ बैशाख २०८१, बिहिबार

भावी राष्ट्रपतिमा रामचन्द्रको नाममा सहमति जुटिसकेको जनार्दनको संकेत


जनार्दन शर्मा फाइल फोटो

काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले भावी राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति जुटिसकेको संकेत गरेका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले आज शुक्रबार बिहान बालुवाटारमा बसेको चार दलको बैठकमा राष्ट्रपति उम्मेदवारमा कांग्रेस नेता पौडेलको नाममा सहमति भइसकेको संकेत गरेका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा शर्माले भने, ‘पक्कै पनि त्यही हो ।’ उनले आज बेलुकी ५ बजे बस्ने चार दलको बैठकले सहमतिलाई औपचारिकता दिने संकेत गरे ।

यो पनि पढ्नुहोस्

पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !