८ बैशाख २०८१, शनिबार

राष्ट्रपतिको निर्वाचनबारे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु


राप्रपा फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयअघि सुरु भएको छ ।

जारी बैठकमा राष्ट्रपति पदको आसन्न निर्वाचनलगायत विषयमा छलफल गरिने राप्रपाले जनाएको छ । राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेकोले यस विषयमा आजको बैठकले ठोस निर्णय गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !