११ बैशाख २०८१, मंगलबार

सिंहदरबारमा माओवादी केन्द्र, जसपा र नेकपा एसका शीर्ष नेताको बैठक


प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को बैठक भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, जसपा र नेकपा एसका शीर्ष नेताहरुको संयुक्त बैठक भएको हो ।

बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी रहेका छन् भने जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

बैठकमा नेकपा एसको तर्फबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र प्रकाश ज्वाला सहभागी रहेका छन् । भावी राष्ट्रपति चयनका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

राष्ट्रपतिको उम्मेदवारको बारेमा हालसम्म भएका छलफल सकारात्मक भएकाले सहमतिमा पुग्नको लागि बैठक जारी रहेको हो । तीन दलबीच सहमतिमा भएपछि कांग्रेससहित चार दलको बैठक बस्ने भएको छ । हिजो कांग्रेस शीर्ष नेताहरुको बैठकपछि चुनावअघिको पाँच दलीय गठबन्धन ब्यूँताउने बारेमा छलफल सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !