७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।

राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नको लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । आज बस्ने बैठकमा कांग्रेसले भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा औपचारिक धारणा सार्वजनिक गर्ने भएको हो ।

कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा चर्चा चलिरहेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउन कांग्रेसका नेता एकमत देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !