१३ बैशाख २०८१, बिहिबार

सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगियो


डा. चन्द्रकान्त भण्डारी

काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरमा लगिएको हो । आज दिउँसो  श्री एयरलाइन्समार्फत् मुम्बइ लगिएको हो । भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा लगिएको हो ।

उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ । क्रिटिकल केयर युनिटका डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयरका डा. वृहस्पति, फ्लाइट डा. रोसन शर्मा, प्यारामेडिक्सतर्फका दिनेश राई, सागर महर्जन र राज तामाङ गएका हुन् ।

स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लागिएको हो । हिजो राति घाइते भएका नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।

अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सांसद भण्डारीलाई दिउँसो २ बजे श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने

नेता भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी

ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भण्डारीलाई भारत लैजान सिफारिस

ग्यास सिलिण्डर पड्किएर घाइते चन्द्र भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु