६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


प्रचण्ड र केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बिहीबार बिहान बालुवाटार पुगेका हुन् । उनीहरूबीच देशको समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । यसका साथै दुई नेताहरुबीच भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि मंगलबार मात्र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको सत्ता सहकार्य टुंगिन लागेको संकेत गरेका थिए । दुई शीर्ष नेताहरुको सम्वन्धमा देखिएको खटपटका बाबजुद भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय तत्कालिन गठबन्धन भत्काएर सात दलीय गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार बनाउन सफल भएपनि वर्तमान सत्ता गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !