१३ बैशाख २०८१, बिहिबार

प्रज्ञा–प्रतिष्ठानका तीन नवनियुक्त कुलपतिले लिए शपथ


कुलपतिले लिए शपथ

काठमाडौं । प्रज्ञा–प्रतिष्ठानका प्रज्ञा–प्रतिष्ठानका तीन नवनियुक्त कुलपतिले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शपथ लिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !