७ बैशाख २०८१, शुक्रबार

ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भण्डारीलाई भारत लैजान सिफारिस


डा. चन्द्रकान्त भण्डारी

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजान सिफारिस गरिएको छ ।

गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएका थिए । सांसद भण्डारी र उनकी आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भई किर्तिपुरस्थित वर्न अस्पतालकाे सघन कक्षमा उपचारत भण्डारी र उनकी आमाकाे थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका हुन् ।

भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ । भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।

सुतिसकेपछि हिजो राती करिब १० बजेतिर ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गए राति नै उक्त अस्पताल पुगी नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

आज बिहान काँग्रेस महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल, सांसद प्रदीप ज्ञवाली लगायत नेता अस्पताल पुगेर उनलाई भेटेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 डा. चन्द्रकान्त भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !