११ बैशाख २०८१, मंगलबार

लुम्बिनी प्रदेशमा आज स्थापना दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक विदा


लुम्बिनी प्रदेश सरकार

दाङ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापना भएको ५ वर्ष पूरा भएको अवसरमा आज एक समारोहकाबीच प्रदेशको राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने छन् भने स्थापना दिवसमा विभिन्न व्यक्तिलाई सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश छ ।

५ वर्षअघि आजकै दिन पहिलोपटक प्रदेश सरकार गठन भएको सम्झनामा स्थापना दिवस मनाउने गरिएको हो । २०७४ फागुन ३ गते शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ खाई सरकार गठन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !