१३ बैशाख २०८१, बिहिबार

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता


माधवकुमार नेपाल र विनयमोहन क्वात्रा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उनीहरुबीच कुराकानी भएको थियो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

सोमबार बिहान काठमाडौँ आइपुगेका क्वात्राले अघिल्लो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीलगायत शीर्ष नेतासँग भेट गरिसकेका छन् ।

दुई दिनका लागि नेपाल भ्रमणमा रहनुभएका सचिव क्वात्रा काठमाडौँ आएलगत्तै दुई देशबीच परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको थियो । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ । यसअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !