६ बैशाख २०८१, बिहिबार

अहिले देश बर्बाद पार्न भित्र र बाहिरका शक्ति सक्रिय छन् : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश बर्बाद पार्न देश भित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको बताएका छन् ।

आज मंगलबारदेखि काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् ।

ओलीले एमाले देश बचाउने सुरक्षागार्ड रहेको दावी गरेका हुन् । उनले देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने पनि बताए । ओलीले अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै स्थिरता हुन नदिने प्रयास जारी रहेको बताए ।

उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको दावी गरे । उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !