१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र विनयमोहन क्वात्रा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्राले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भएको भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका हुन् । क्वात्रा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका हुन् ।

यसअघि उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यस्तै उनले नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन् ।

क्वात्राले मंगलबार पनि राजनीतिक भेटलाई जारी राख्ने भएका छन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।

प्रधानमन्त्री प्रचण्ड र विनयमोहन क्वात्राप्रधानमन्त्री प्रचण्ड र विनयमोहन क्वात्रा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !