१२ बैशाख २०८१, बुधबार

सरकारको निर्णय : गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने


गेटा मेडिकल कलेज

काठमाडौँ । सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ । उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका थिए ।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग हिजो उनले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालले आज फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गरेका छन् । सोही सिलसिलामा उनी आज सुदूरपश्चिम प्रदेशको सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जाने कार्यक्रम रहेको छ ।

गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका काम दाहाल पहिलो र दोस्रोपटक प्रधानमन्त्री भएको बेला अघि बढेका थिए । गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि सुदूरपश्चिमका नागरिकले सर्वसुलभ दरमा स्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज गेटा मेडिकल कलेजको उद्घाटन गर्दैछन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजको उद्घाटन गर्न लागेका हुन् । प्रधामन्त्री प्रचण्डले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको आज सोमबार स्थलगत अनुगमन गर्दै छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले आज सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्दै

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !