१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो ।

स्व. घले नेपाली काँग्रेसको तर्फबाट वि.सं.२०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सदस्यकारुपमा निर्वाचित भएका थिए । स्व.घलेको ५९ वर्षको उमेरमा यही माघ २४ गते मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिनिधि सभाको आजको बैठको शुरुमा भने सांसदहरुले शुन्य समयमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ३ गते बिहान ११ बजेका लागि डाकिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !