८ बैशाख २०८१, शनिबार

स्वत: पदमुक्त भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा


रावल नियुक्त फाइल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् । प्रदेशसभाबाट आफूले विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका हुन् ।

रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् । सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री रावल स्वत: पदमुक्त भएका थिए ।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उनी पदमुक्त भएका थिए । मुख्यमन्त्री रावलले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका थिए ।

ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन हुँदा विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल पदमुक्त भएका हुन् । विश्वासको मत लिने समयसीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाको बैठकमा उपस्थिति नै भएन ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्दै

 सुदूरपश्चिममा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री रावल पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !