८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री रावल पदमुक्त


राजेन्द्रसिंह रावल

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार ढलेको हो ।

सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री रावलले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् । मुख्यमन्त्रीको पक्षमा बहुमत नपुगेपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन हुँदा विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल पदमुक्त भएका हुन् । विश्वासको मत लिने समयसीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाको बैठकमा उपस्थिति नै भएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !