६ बैशाख २०८१, बिहिबार

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी


केन्द्रीय सचिवालय बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय देखिएको खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालय लगायतको विषयमा छलफल हुने बताइएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएपछि बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आज ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार आज माघ २६ गते अन्तिम दिन भएकोले आजभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । यद्यपि उनले विश्वासको मत पाउने भने निश्चित छैन । विश्वासको मत पाउनको लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !