८ बैशाख २०८१, शनिबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्ने


सत्ता गठबन्धन बालुवाटार फाइल फोटो

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो ।

हिजो बुधवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तापछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेताहरुको उपस्थिति हुने बताइएको छ ।

एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको राजनीतिक अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !