१२ बैशाख २०८१, बुधबार

माओवादीको उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल मनोनित


अग्नि सापकोटा र पम्फा भुसाल

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा प्रतिनिधिसभाका पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाल मनोनित भएका छन् ।

माओवादी केन्द्रको गत माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले सापकोटा र भुसाललाई उपाध्यक्षमा मनोनित गरेको हो ।

सो बैठकले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।

यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ । माओवादीमा कृष्णबहादुर महरामात्र उपाध्यक्ष रहेकोमा अब तीनजना उपाध्यक्ष भएका छन् भने बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

माओवादीको उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल मनोनित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !