७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

आज मंगलबार बिहान भएको दुई शीर्ष नेतारुबीच भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक घटनाक्रमका साथै मन्त्रिपरिषद् विस्तार विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै वर्तमान सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएको बुझिएको छ ।

यसअघि हिजो मात्र सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । हिजोको बैठकमा तीन नेताहरुबीच भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रित भएको बताइएको थियो ।

सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले राष्ट्रिय सहमतिको सरकारमा पक्षमा देखिएका छन् भने एमाले यसबारे विपक्षमा रहेको छ । रास्वपा सरकारबाट बाहिरिएसंगै मन्त्रिपरिषद विस्तारको विषयमा सत्तारुढ दलका दुई शीर्ष नेताहरुले छलफल गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !