७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल जारी


प्रमुख सचेतकहरूको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग आज छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसंग आज जारी रहेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान प्रधानमन्त्रीले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिंदै छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाइएको हो । हिजो आइतबारमात्रै चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री यो बैठक बोलाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !