७ बैशाख २०८१, शुक्रबार

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै


प्रधानमन्त्रीसमक्ष राजीनामा

काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । आज सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुने भएको हो ।

हिजो आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका थिए ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको हिजो बसेको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेपछि मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।

यद्यपि हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्‍त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

१२ भाइ सम्पादकले आफूलाई चौतर्फी प्रहार गरेको रविको खुलासा

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !