७ बैशाख २०८१, शुक्रबार

१२ भाइ सम्पादकले आफूलाई चौतर्फी प्रहार गरेको रविको खुलासा


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली मेडियाका १२ भाइ सम्पादकले आफूलाई चौतर्फी प्रहार गरेको खुलासा गरेका छन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेपछि आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले आफू उपप्रधानमन्त्री एवं गृहमन्त्री भएको समयमा १२ भाइ सम्पादकले एकपछि अर्कोगर्दै आफूलाई खेदेको खुलासा गरेका हुन् ।

आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताउदै लामिछानेले सञ्चारमाध्यमका मालिक र केही सम्पादकहरुमाथि आक्रोश पोखेका हुन् । आफूलाई खेदो गरेको भन्दै कयौँ पत्रकारको नामै किटेर उनले नेपाली मेडियाको विकृतिको प्रदाफास गरेका हुन् ।

लामिछानेले भने, मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे ।’ उनले अर्को प्रसंगमा भने, ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनले आक्रोशित हुँदै भने, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेका भन्दै आक्रोश पोखे भने, ‘लाज लाग्दैन तपाईंहरूलाई, मलाई चरित्रहीन बनाएर समाचार लेखिएको छ।’ उनले भने, ‘जसले आफूलाई चरित्रहीन देखाएको छ आउनुस् सम्पादकहरू ।’

धेरै सञ्चारमाध्यम तथा तिनका सञ्चालकहरू नामै किटेर उनले त्यस्ता मिडियाहरूले आफूहरूलाई सदैव असहयोग गरेको बताए । पत्रिका तपाईंहरुले चलाउने हो भने मैले देश चलाउने हो’, उनले भने, ‘चितवनमा चुनाव लड्ने हो भने कनकमणि दीक्षित, दिलभुषण पाठक, धर्मराज भुसाल र अमित ढकाल पनि आउनुस् । चुनौती स्वीकार्न म तयार छु ।’

आफूले नागरिकता प्रकरणमा गल्ती गरेको स्वीकारेका लामिछानेले राहदानी प्रकरणमा पनि १२ भाइ सम्पादक आफूलाई फसाउन लागिरहेको भएर आक्रोशित भएका हुन् । उनले केही पत्रकारहरुलाई जँड्याहाको समेत संज्ञा समेत दिए ।

केहि मिडिया मालिकहरुले प्रहरी हवल्दारको सरुवामा पनि चासो देखाउने गरेको उनले खुलासा गरे । मिडियाको आडमा केही मालिकहरुले ठूला कम्पनीको सेयर हत्याएको दाबी गरे । लामिछानेले आफूलाई राहदानीको मुद्दामा फसाउन मिडिया मालिक र सम्पादकहरु अझै एक ठाउँमा जुटिसकेको समेत खुलासा गरे ।

लामिछानेले नेपाली मिडिया जगतमा भएको एकाधिकार, मोलमोलाई र विकृति एवं विसंगतिको प्रदाफास गरेर राज्यको चौथोको समाजमा हुनुपर्ने भूमिकाको गतिलो पाठ पठाएका छन् । उनले कतिपय मिडियाका सम्पादकहरु व्हाट्सएपमा को को कुरा गर्ने गरेको भन्ने प्रमाण आफूसंग भएकोले उनीहरुका श्रीमतीलाई सोको जानकारी लिन आफूसंग सम्पर्क गर्न अनुरोध गरेसंगै ती सम्पादकहरुको होशहवास समेत गएको छ ।

लामिछानले ठूलो आँट गरेर नेपाली मिडिया जगतको हिरोइजम ठान्ने ती पत्रकारको कर्तुत समेत उजागर गरेका हुन् । अव आम नागरिक बुझ्नुपर्ने अवस्था आएको छ की आफूलाई मूलधारको भनिने कथित् मिडियाले के सम्म गर्दा रहेछन् भन्ने आम नेपालीले बुझ्ने सरल भाषामा लामिछानले मौनता तोड्दै आज पोखेका हुन् । यसबाट सवै पाठकले यस्ता मेडियालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी भइसकेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !