८ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धन जसरी पनि जोगाउने प्रधानमन्त्री प्रचण्डको दृढता


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जसरी पनि जोगाउने प्रधानमन्त्री प्रचण्डको दृढता प्रकट गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै आज आइतबार संघीय संसद नयाँ बानेश्वरबाट बाहिरिंदै गर्दा संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउन आफू लागिपरेको बताएका हुन् । यद्यपि रास्वपाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेको हो । यस्तै रास्वपाबाट मन्त्री बनेकाहरुले आज नै प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा दिने भएका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !