७ बैशाख २०८१, शुक्रबार

संसद्को रोष्टमबाट ओलीले भने – रविविरुद्धको मुद्दाको फैसलाबाट कसले न्याय पायो ?


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको फैसलाबाट कसले न्याय पायो ? भनेर प्रश्न उठाउदै लामिछानेको बचाउ गरेका हुन् ।

आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा लिएर रोष्टमबाट अध्यक्ष ओलीले लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाएका हुन् । ओलीले सर्वोच्चको उक्त फैससलाले कसलाई न्याय भयो भन्ने कुरा आफूलाई थाहा नभएको बताए।

संसदमा लामिछानेको बचाउ गर्दै ओलीले अदालतको फैसलाले कसलाई पनि न्याय नभएको भन्दै लामिछानेले न्याय नपाएको स्पष्ट पारे । ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण लामिछानेको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको बताए ।

उनले यो मुद्दामा लामिछानेले न्याय नपाएपछि कसले न्याय पायो भन्दै प्रश्न गरे । ओलीले उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको बताउदै असम्बन्धित व्यक्तिले निवेदन दिएको दाबी गरे । लामिछाने संसदको ढोका खुला देखेर संसदमा पसेका व्यक्ति नभएको ओलीले बताए ।

ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्नुका साथै फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताएतापनि फैसलाले आफ्नो मनमा केही प्रश्न उठेको बताए । सर्वोच्चको फैसलाले गैरआवासीय नेपालीको नेपालम रहेको सम्पत्ति र लगानी के हुने भन्ने पनि अन्यौल भएको ओलीले बताए ।

यो पनि पढ्नुहोस्

सत्तामा जान नपाउँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !