८ बैशाख २०८१, शनिबार

सत्तामा जान नपाउँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका हुन् ।

उनले एमाले सत्ता लिप्सामा कहिल्यै नरहेको जिकिर गरे । राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्न आफूहरूले सरकार बनाउनको लागि पहल थालेर प्रचण्डलाई प्रधानन्त्री बनाएको ओलीले बताए ।

उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनर स्वीकार्न नसकेको टिप्पणी गरे । काँग्रेसप्रति आक्रोशित देखिएका ओलीले पुस १० गते आफ्नो पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड; नेतृत्वको सरकार बनेदेखि कांग्रेसलाई छटपटी भएको भन्दै कांग्रेसमाथि प्रहार गरेका हुन् ।

उनले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिंदै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको बताए । उनले एमाले सत्ता लिप्सामा कहिल्यै नरहेको पनि जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !