६ बैशाख २०८१, बिहिबार

रास्वपाको बैठकपछि रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् । आज आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सकिएपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लामिछानेले सामाजिक संजालमार्फत पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् । उनले आजको पार्टीको बैठकले सरकारमा बस्ने वा बाहिरिने भन्ने बारेमा ठोस निर्णय लिने पनि बताएका छन् । उनले सिङ्गो देश र विदेशमा रहने सबै नेपालीले आजको पत्रकार सम्मेलन हेर्न र सुन्न आग्रह पनि गरेका छन् । उनले आफूले सिधा कुरा नगरेको धेरै भएको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । रास्वापाको बैठक बस्नुअघि गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !