१२ बैशाख २०८१, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी रहेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी रहेको हो ।

हिजो दिउँसो बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज शनिवार बस्नेगरी सरेको थियो । बैठकमा देशको समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) लाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने बताएको छ ।

बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न दिएको २ दिने अल्टिमेटम आज सकिँदै छ ।

रास्वापाले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएसँगै माओवादी केन्द्रमा पनि त्यसबारे बहस भइरहेको छ । पार्टी बैठकमा पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोबारे ब्रिफिङ गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !