१२ बैशाख २०८१, बुधबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान


अरुणकुमार चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी आज जेल चलान भएका हुन् ।

हिजो बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो । उनी अदालतबाट कैदी पुर्जी बुझेर चौधरी आज जेल चलान भएका हुन् ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई बाँके प्रहरीले हिजो बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएकोको सोको कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले गरेको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । अदालतको आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !