१२ बैशाख २०८१, बुधबार

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम


नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीको रिहा २४ घण्टे अल्टिमेटम दिएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद चौधरीको रिहा माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।

पार्टी प्रवक्ता दामोदर पण्डितले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरी पक्राउप्रति भर्त्सना गरेका हुन् । सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै उक्त पार्टीले २४ घण्टाभित्र रिहाइको माग गरेको हो ।

सरकार र तत्कालीन आन्दोनकारी थरुहट-थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सांसद चौधरीलाई नियन्त्रणमा लिएको भन्दै नागरिक उन्मुक्तिले भर्त्सना गरेको हो । राज्यले जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास नगरोस् भन्दै आन्दोलनका निम्ति तयार रहन सो पार्टीले नेता-कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

यस्तो छ नागरिक उन्मुक्ति पार्टीले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !