६ बैशाख २०८१, बिहिबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ


अरुणकुमार चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई बाँके प्रहरीले आज बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएकोको सोको कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । अदालतको आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !