८ बैशाख २०८१, शनिबार

परराष्ट्रमन्त्री पौडेल श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान


डा. विमला राई पौड्याल

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेकी छिन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री पौडेल आज राजधानी कोलम्बो प्रस्थान गरेकी हुन् ।

श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का गएकी हुन् । परराष्ट्रमन्त्री पौडेललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री पौडेल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पौडेलले शुक्रबार श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । पौडेल माघ २२ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !