८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे स्थायी समिति बैठक बस्ने भएको हो ।

बैठकको आवश्यक तयारी नपुगेको र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण हिजो बैठक स्थगित गरिएको थियो ।

आज बस्ने बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, गृह मन्त्रालय, राष्ट्रियसभा उपाध्यक्ष चयन र राष्ट्रपति निर्वाचन लगायतका विषयमा स्थायी कमिटीमा छलफल हुन लागेको हो । यसका साथै पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । साथै गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !